Close sidebar

एक्सनले भरिएको ‘पिताम्बर’ टिजर

पुस २९, २०८१

चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो यो चलचित्रको टिजर निर्माण टिमले युट्युब मार्फत सार्वजनिक गरेको हो । दिव्यदेवले महाभारतको चर्चित उद्धरण ‘यदा यदा हि धर्मस्य…’ वाचन गरेपछि टिजर सुरु हुन्छ ।

एक्सन जनरामा निर्माण गरिएको यो चलचित्रको सार्वजनिक टिजरमा सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राई, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त प्रस्तुत छन् । टिजरमा दिब्या रायमाझी, रविन्द्र झा, गौरव विष्टको झलक पनि छ ।

यो चलचित्रको टिजरमा दयाहाङ प्रहरीको रोलमा छन् भने प्रमोद खलनायक चरित्रमा । प्रदीपको पात्र प्रतिशोध र बदला लिन चाहन्छ । त्यसपछि आउँछन् सौगात मल्ल, जसको संवाद छ– अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो ।’ टिजरको अन्त्यतिर खड्का र मल्लको चरित्रलाई आमनेसामने देखाइएको छ ।

कृषा चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्रमा विशाल चौलागाइको निर्माण छ । नेपाली चलचित्र क्षेत्रका दुई सुपरस्टारहरु प्रदीप खड्का र सौगात मल्लको एक्सन प्रस्तुत गर्ने चलचित्र बदलाको कथामा आधारित छ ।

चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको अभिनय छ । केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया