गत मङ्सिर ७ गते प्रदर्शन भएको चलचित्र ‘तेल भिसा’ पुन: प्रदर्शन गरिएको छ । नेपालगजमा रहेको सिने रोयलमा यो चलचित्र हिजो बुधवारबाट प्रदर्शनमा आएको हो ।
दर्शकको अत्याधिक माग बढेपछि यो चलचित्रलाई फेरी हलमा प्रदर्शन गरिएको सिने रोयलका संचालक रितेश श्रेष्ठले बताए । उनले भने,’यो चलचित्रप्रती दर्शकको निकै माग बढेकाले हामीले हलमा फेरी प्रदर्शन गरेकाछौ।’
‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्कीको दोहोरो भूमिका रहेको छ । अमेरिकामा बसोबास गरेका नेपालीहरूले त्यहाँ पुगेर भोग्नु भएका समस्या, पीडा तथा दुःखलाई चित्रण गरिएको चलचित्र हो ।
अधिकांश दृश्यको छायाङ्कन अमेरिकामै गरिएको चलचित्रलाई अनिल पाण्डे तथा शिवराज कार्कीले निर्माण गरेका हुन् । यो चलचित्रकी प्रस्तुतकर्ता अभिनेत्री ऋचा घिमिरे हुन् ।
सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन रहेको चलचित्रमा पिनको अलावा वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।