Close sidebar

‘महाभोज’मा गौमायाको इन्ट्री, मिरुना आउट

पुस २५, २०८१

चलचित्र ‘महाभोज’मा गौमाया गुरुङको इन्ट्री भएको छ । यो चलचित्रबाट नायिका मिरुना मगर आउट भएपछि गौमाया गुरुङको इन्ट्री भएको हो ।

यो चलचित्रमा पहिल्य नै मिरुना फाइनल भएकी थिइन् । उनले आफ्नो कार्य व्यस्तताका कारण यो चलचित्र नगरने भएपछि गौमाया उनको ठाउमा प्रवेश गरेकी हुन् ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया, खगेन्द्र लामिछाने र मलिका महतको अभिनय रहनेछ । माघ १ गतेबाट छायाकन सुरु हुने यो चलचित्रको अहिले वर्कसप चलिरहेको छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा विकास सुवेदीले लेखेका हुन् । सोसल ड्रामा चलचित्रलाई क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण गर्न लागिएको हो । ‘कबड्डी ४’ बाट चलचित्र करिअर थालेकी गौमायाले ‘गुर्खा : बिनिथ द ब्रेभरी’, ‘फूलबारी’ र ‘महाजात्रा’मा अभिनय गरेकी छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया