Close sidebar

प्रकाशको ‘वसन्त’को पोस्टर सार्वजनिक

पुस २२, २०८१

प्रकाश सपुतको निर्देशक तथा अभिनय रहेको चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ । प्रकाशले आइतबार सार्वजनिक गरेको पोस्टरमा उनी आँफै फिचर्ड छन् ।

प्रकाशकै निर्माण, निर्देशनसहित अभिनय, लेखन, गायन र सङ्गीत रहेको यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै उनले निकै लामो स्टाटस लेखेका छन् ।

उनको स्टाटस यस्तो छ,’मैले “वसन्त” मा म भित्रका सबै रङ्गहरू पोखेको छु । यदि वसन्त तपाईँलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सीमितता यही सम्म हो ! मैले यहाँ भन्दा थप केही जान्दिन । यसो भनौँ, म यो जन्मका लागी जम्मा जम्मी यत्ति नै हु ! वसन्त जत्ति !

अब बाकि कर्महरू यसकै निरन्तरता हुनेछन् । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जीवनमा अगाडि जुन कर्म गरे पनि त्यो वसन्तकै एउटा रङ्ग हुनेछ ! किनकि यो जन्मका लागी म जम्मा जम्मी यत्ति नै हु ! वसन्त जत्ति..

अनि सुन्नुस् न , हुन त बल्ल शिशिर रितु सुरु हुदैछ तर हामीलाई वसन्त लागिसक्यो । अर्को हप्ता देखि एक-एक थुङ्गा लालीगुराँस तपाईँलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ ( April 4)को निम्तो सम्झेर स्विकार्दै जानु होला है’

स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेको समेत अभिनय तथा गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहरा छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् । यो चलचित्र २२ चैत (अप्रिल ४)मा प्रदर्शन हुने जनाइएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया