Close sidebar

टंकको चलचित्रमा निताको प्रवेश

पुस २१, २०८१

गायक एवं सङ्गीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’मा अभिनेत्री निता ढुङ्गानाले काम गर्ने तय गरिएको छ । यो चलचित्रको मुख्य भूमिकामा उनी अनुबन्धित भएकी हुन् ।

आफ्नो हिट गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायाङ्कन गर्नेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको सङ्गीत रहेको छ । दर्जी हाल काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छन् । अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौँ ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, सङ्गीत र स्वर दिएका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया