Close sidebar

‘लाज शरणम्’मा बालेनले गीत गाउने

पुस १९, २०८१

चलचित्र ‘लाज शरणम्’मा बालेनले गीत गाउने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका बालेनको थुप्रै गीतहरू दर्शकमाझ लोकप्रिय छन् ।

कलाकार अर्जुन बालेनको टिममा रहेर काम गरिरहेका छन् । उनकै आग्रहलाई नकार्न नसकेर बालेनले गीत गाउन लागेका हुन् । निर्देशक कुमार कट्टेलले निर्देशन गरेको यो चलचित्र सामाजिक कथामा आधारित छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।

आगामी फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रमा सुदीप बरालको छायांकन, नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

बालेनले ‘सबैलाई हतार छ, नेपाल हाँसेको, प्रहरी प्रतिकार, गोर्खाली तोप, मार्फाको मदिरा, मन यो उड्यो, लोकल ठिटो’ लगायतका र्‍याप गीतमा स्वर दिइसकेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया