‘गोल्डेन नेपाली फिल्म अवार्ड २०२१’का लागि निर शाहदेखी केदार अमेरिका उडे अमेरिकामा डिसेम्बर २१ तारिखमा आयोजना हुन लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड २०२१’मा सहभागी हुन आधा दर्जन कलाकारहरु अमेरिका उडेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा आधा दर्जन कलाकारहरु अमेरिका उडेका हुन् । वरिष्ठ कलाकार निर शाह, नायक भुवन केसी, निर्देशक दीपाश्री निरौला, नायिका आँचल शर्मा, कार्यक्रम संचालिका रीमा विश्वकर्मा, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ आज अमेरिका उडेका हुन् ।
अझै केही नाम चलेका कलाकारहरु अमेरिका उड्ने आयोजकले बताएको छ । यस्तै, नायक अनमोल केसी केही दिन अगाडि नै अमेरिका पुगिसकेका छन् । नाम चलेका दर्जन बढी कलाकारहरुको सहभागीतामा डिसेम्बर २१ मा यो अवार्डको आयोजना हुन लागेको हो । केही साता अगाडि मात्र अमेरिकाबाट फर्किएका नायक भुवन केसी प्रेमिका जीया केसीको साथमा फेरि अमेरिका उडेका छन् ।