Close sidebar

फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’

पुस १, २०८१

रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको चलचित्र ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् । पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन् ।

निरोज महर्जनको निर्देशन रहेको चलचित्रमा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।

सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रको सह-निर्माताको रुपमा एनी थापा छन् । चलचित्रलाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर चलचित्र डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया