Close sidebar

माइतीघर’मा माग्ने बुढा, प्रकाश सपुत र बुद्धि तामाङ जोडीए

मंसिर २७, २०८१

चलचित्र ‘माइतीघर’मा कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ । रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा कलाकारहरु केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, र बुद्धि तामाङ पनि जोडीएका छन् । निर्माणपक्ष र यी कलाकारहरुको बिहीवार लिखित सम्झौता भएको हो । यसअगाडि यो चलचित्रको प्रमुख भूमिकामा नायिका उपासना सिंह ठकुरी जोडीएकी थिइन् ।

निर्देशक मिलन तामाङले निर्देशन गर्ने यो चलचित्रमा अझै केही कलाकार अनुबन्धित हुन बाँकी छ । चलचित्रमा धीरज मगर पनि अनुबन्धित हुने चर्चा छ । मिलनको यो डेब्यु चलचित्र हो । यसअगाडि रोहितले निर्माण गरेको चलचित्र ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ हुन् ।

चलचित्रको छायांकन आगामी चैत महिनाबाट गरिनेछ । सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रले पारिवारिक सम्बन्ध र संवेदनाको कथालाई पेश गर्ने छ ।

२०८२ सालको दशैंमा प्रदर्शन हुने चलचित्रमा रामशरण पाठकको लेखन, रविन शेरचन र धिरज तामाङको सयुक्त निर्माण रहनेछ । यो चलचित्रको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया