Close sidebar

नीताको ‘ह्रस्व दीर्घ’ जी–नेटवर्कले खरिद गर्‍यो

मंसिर २७, २०८१

नेपालमा गत कात्तिक ३० गतेबाट प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ भारतीय कम्पनी जी–नेटवर्कले खरिद गरेको छ । बुधबार यो चलचित्रकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कले दुईवटा राइट्स खरिद सम्झौता गरेको हो ।

जी–नेटवर्कले फिल्मको राइट्स किनेको निता र हरिहरले फेसबुकमार्फत जानकारी दिएका छन् । फिल्मको जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका हरिहर र निताले मुम्बईस्थित जी–नेटवर्कको मुख्यालय नै पुगेर फिल्मको सम्झौता गरेका हुन् । उनीहरूको साथमा ‘ह्रस्व दीर्घ’का छायाकार कवीरलाल पनि थिए । कवीरलाल बलिउडका प्रख्यात छायाकार हुन् । भारतको लोकप्रिय ओटीटी प्लेटफर्ममा विक्री हुने यो पहिलो नेपाली चलचित्र हो । त्यसैले पनि नेपाली चलचित्रको लागि यो एउटा ठुलो उपलब्धि हो । जी–नेटवर्कले यो चलचित्रको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो त्यो भने अहिले खुलाइएको छैन । यो चलचित्रका निर्देशक चन्द्र पन्तले ओटीटीमा चलचित्र विक्री गर्नका लागि निकै मिहिनेत र दौडधुप गरेका थिए । उनको मिहिनेत, सम्बन्धका कारण यो काम संभव भएको हो । यो चलचित्रमा निता र हरिहरको अलवा दक्षिण भारत (साउथ)का चर्चित कलाकार ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया