गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’लाई सोमबारदेखि हलबाट उतार्ने घोषणा गरिएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निर्माण कम्पनी सेभेन सिजले सोमबारदेखि यो चलचित्रलाई हलबाट उतार्ने घोषणा निर्णय गरेको हो ।
नेपाली चलचित्र क्षेत्रको इतिहासमा ५० करोड हाराहारीको ग्रस कलेक्शन गरेको यो चलचित्रलाई हिन्दी चलचित्र ‘पुष्पा २’ प्रदर्शन भएपछि सीमित शोजमा खुम्चाइएको थियो ।
प्रदर्शनको सुरुवाती दिन जस्तै अवस्थामा यो चलचित्रलाई पुर्याइएको भन्दै विज्ञप्ती लेखिएको छ,‘पुर्ण बहादुरको सारङ्गीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न वाध्य भएका छौ । विशेषगरि, पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही चलचित्र घरहरूबाट गरिँदै आएको नजरअन्दाज व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको हो ।’