Close sidebar

‘खलनायक २’ निर्माण गर्दै निर्माता रोज राणा

मंसिर २३, २०८१

एक समयका चर्चित चलचित्र निर्माता रोज राणाले नयाँ चलचित्र ‘खलनायक २’ निर्माण गर्ने भएका छन् । निर्माता रोज राणाले निर्माण गर्न लागेको यो चलचित्रलाई निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने पक्का भएको हो ।

यो चलचित्र निर्देशनका लागि रोजले निर्देशक पन्तलाई अनुबन्धित गरेका हुन् । यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखिरहेका छन् ।

आगामी माघ महिनाबाट छायांकन सुरु हुने यो चलचित्रमा केही नयाँ र पुराना कलाकार रहने निर्माता राणाले बताए । चलचित्र ‘खलनायक’मा भने राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, झरना थापा लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।

निर्देशक पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ भर्खरै प्रदर्शन भएको थियो । जुन, बक्स अफिसमा सफल पनि भयो । चलचित्रमा दयाराम पाण्डेको गीत हुनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया