निर्देशन दिनेश राउतले चलचित्र ‘महाभोज’ निर्देशन गर्ने भएका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो चलचित्र निर्देशन गर्ने घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका हुन् ।
यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ ।
यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।
‘महाभोज’ले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोहीको कथा भन्नेछ । आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।