Close sidebar

‘माइतीघर’को मुख्य भूमिकामा उपासना अनुबन्धित

मंसिर १८, २०८१

चलचित्र ‘माइतीघर’मा नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा अनुबन्धित भएकी छिन् । यो चलचित्रको मुख्य भूमिकामा निर्माणपक्षले उनलाई अनुबन्धित गरेको हो ।

निर्माता रोहित अधिकारीको निर्माण रहने यो चलचित्रमा नायिका उपासना सँगै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ भित्रीएका छन् । तर, केदारसँग लिखित सम्झौता भने गर्न बाँकी छ । यसअगाडि रोहितले निर्माण गरेको चलचित्र ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ हुन् ।

सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रलाई २०८२ सालको दशैंमा प्रदर्शन गर्ने घोषणा निर्माणपक्षले पहिले नै गरिसकेको छ । अबको केही महिनामा छायांकन सुरु हुने यो चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नेछन् ।

रामशरण पाठकको लेखन रहेको चलचित्रमा रविन शेरचन र धिरज तामाङको सयुक्त निर्माण रहनेछ । यो चलचित्रको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया