नेपालगन्ज,मंसिर ७ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘तेल भिसा’को टिम भोलि नेपालगन्ज आउने भएको छ । चलचित्रका निर्देशक शंकर घिमिरेका अनुसार मोफसल नेपालगन्जका दर्शकले चलचित्र तेल भिसालाई राम्रो साथ र माया दिनु भएको छ ।
चलचित्रलाई दर्शकबाट मिलेको साथ र मायालाई आत्मसात गर्दै धन्यवाद दिन र दर्शक सङै बसेर चलचित्र हेर्न नेपालगन्ज आउन लागेको बताए ।
चलचित्रको टिमले नेपालगन्जको सिनेमाघर सिने रोयल र क्युएफएक्स सिनेमाघरमा दर्शक सङै चलचित्र हेर्ने अनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । चलचित्रमा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।