अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले निर्माण गरेको चलचित्र ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । यो चलचित्रले रिलिजको तेस्रो सातामा आइपुग्दा पनि सु:खद कमाइ गरिरहेको छ ।
निर्माणपक्षले बिहिबारसम्म यो चलचित्रले ८ करोड ५२ लाख ग्रस कलेक्शन गरेको जानकारी दिएको थियो । शनिबार पनि यो चलचित्रले दर्शकको ठूलो संख्या हलसम्म तान्न सफल भयो । यसैले, चलचित्रको व्यापार ९ करोड माथि पुगेको निर्माणपक्षको दाबी छ ।
नीता ढुंगाना फिल्मस्ले निर्माण गरेको यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रले पहिलो साता ५ करोड ५४ लाख ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको थियो । दोस्रो सातामा चलचित्रले २ करोड ९८ लाख ग्रस कलेक्शन गरेको छ ।
कात्तिकको ३० गतेबाट रिलिजमा आएको यो चलचित्रको व्यापार नेपालगञ्ज र दाङमा सुखद देखिएको थियो । ६ करोडको बजेटमा बनेको यो चलचित्रलाई अहिले पनि दर्शकको राम्रो साथ मिलेको छ ।