नेपालगन्ज,कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ह्रस्व दीर्घले यति बेला देश भरीका सिनेमाघरमा आक्रमक ब्यापार गरिरहेको छ । नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको चलचित्रले यति बेला दर्शकको राम्रो साथ पाइरहेको छ । चलचित्रले प्रदर्शनको आज छैटौं दिनेमा पनि दर्शकको राम्रो साथ पाउनका साथै हाउसफुलमय ब्यापार गरिरहेको छ ।
दर्शकबाट पाएको साथ र मायालाई आत्मसात गर्दै चलचित्रको टिम दर्शक प्रतिक्रिया र भेटघाटका लागि राजधानी पछि मोफसल यात्र गर्दै नेपालगन्ज आउने भएको छ। मङ्सिर ५ गते बुधबार आज चलचित्रको निर्माण टिममा अभिनेत्री निता ढुंगाना , कलाकार हरिहर अधिकारि, निर्देशक चन्द्र पन्त,भारतीय कलाकार प्रदिप रावत (महामन्त) लगयतको टिम नेपालगन्ज आउन लागेको हो । नेपालगन्जमा चलचित्रको टिमले सिनेमाघर सिने रोयल र क्युएफएक्स हल भिजिट गर्नुका साथै दर्शक सङै चलचित्र हेर्दै प्रतिक्रिया लिने कार्यक्रम रहेको छ ।
चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’लाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्। चलचित्रमा हरिहर र नीताका अलावा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।
नीता फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। चलचित्रलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।