Close sidebar

नेपालगन्जको सिने रोयलमा ‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो करोड क्लवमा प्रवेश गर्ने पहिलो नेपाली चलचित्र

मंसिर ४, २०८१

नेपालगन्ज , गत कार्तिक १५ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला देशभरीका सिनेमा घरमा आक्रमक ब्यापार गरिरहेको छ। चलचित्रले आजको दिन सम्म पनि देशभरीका हलमा हाउसफुलमय व्यापार गरिरहेको छ। चलचित्रले पाएको सम्पुर्ण शोजहरु आज पनि हाउसफुल छन्। चलचित्र हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया , बलियो वड अफ माउथ , मन छुने गित संगीत चलचित्रको बलियो पाटो हो।
चलचित्रले सार्वजानिक गरेको टिजर,गीत र ट्रेलर बाटै दर्शकलाई प्रतीक्षारत बनाएको चलचित्रले उठाएको गन्दर्भ समुदायको कथा , प्रस्तुतिकारण र एक बुवा र छोरा बीचको प्रेम सम्बन्ध र बिछोडको बेदना बोल्छ।

चलचित्रले मोफसल नेपालगन्जमा पनि आक्रमक ब्यापार गरेको छ । चलचित्रले नेपालगन्जको दुई सिनेमाघर सिनेरोयल र क्युएफएक्समा आज सम्ममा १ करोड ८० लाख माथीको ब्यापार गर्दै २ करोड क्लबमा प्रवेश गर्ने तयारी गर्दै छ । मोफसल नेपालगन्जमा करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र हो । भने सिनेमा घर सिने रोयलमा मात्रै चलचित्रले १ करोडको ब्यापर गर्दै पहिलो रेकर्ड बनएको छ । सिनेमाघर सिने रोयलका सिईओ रितेश श्रेष्ठका आनुसार चलचित्रले आज पनि हाउसफुलको व्यापार गरेको छ । ब्यापारको गति हेर्दा चलचित्रले प्रदर्शन हुदा सम्म अझै ३० लाख माथीको ब्यापार गर्ने अनुमान रहेको श्रेष्ठले बताए । नेपाली चलचित्रले यो इतिहास बनाउला भनेर हामीले सोचेका थिएनौं । तर चलचित्र पुर्ण बहादुरको सारङ्गीले गरेको ब्यापारले हामीलाई मात्रै होइन सिङ्गो चलचित्र जगतमा राम्रो चलचित्र बन्यो भने दर्शकको राम्रो साथ पाइन्छ भन्न्रे उदाहरण पनि दिएको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आज सिने रोयलमा चलचित्रको टिम सङै केक काटेर शुभकामना आदान प्रदान गर्ने कार्यक्रम समेत रहेको उन्ले बताए ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो। सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथा बोल्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया