नेपालगन्ज,कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ह्रस्व दीर्घले यति बेला देश भरीका सिनेमाघरमा आक्रमक ब्यापार गरिरहेको छ । नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको चलचित्रले यति बेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको दोश्रो दिन आज चलचित्रले देशभरि पाएको सम्पुर्ण शोज हाउसफुल भएका छन् । देशका कतिपय सिनेमाघरमा चलचित्रको शो अभाव भएको गुनासो समेत आइरहेको छ । मल्टी स्टार कलाकार उच्च मेकिङ्गको चर्चा, ट्रेलरको हाइप, गीत संगीतका कारण चलचित्रले राम्रै चर्चा पाइरहेको थियो ।
यता मोफसल नेपालगन्जमा आज चलचित्रले दुबै सिनेमाघरमा गरि ७ शो मा आफ्नो प्रदर्शन यात्रा तय गर्दै थियो। सिनेमघर क्युएफएक्स र सिने रोयलमा चलचित्रले पाएको सम्पूर्ण शोज हाउसफुल भए भने शोको अभाव अनि टिकट नपाएका कारण धेरै दर्शक हलबाट फर्किनु पर्यो।
दर्शकको अत्यधिक माग बढे पछि नेपालगन्जको सिनेमा घर सिने रोयलले ११:४५ को रात्री शो थप गरेको छ। सिनेमाघर सिने रोयलका सिइओ रितेश श्रेष्ठका अनुसार चलचित्र हेर्ने दर्शक हल बाट फर्किने अवस्था आयो । हामीले प्लान गरेको शो कम भएको हामीले महशुस गर्यौ । नेपाली चलचित्र हेर्न आएका दर्शक टिकट नपाएर फर्किनु पर्दा हामीलाई पनि दुख लाग्यो,उन्ले भने । श्रेष्ठका अनुसार आजको रात्री शो मात्रै नभाइ भोलीको शो पनि बढाउने तयारी रहेको उन्ले हामीलाई बताए ।
चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’लाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्। चलचित्रमा हरिहर र नीताका अलावा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।
नीता फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। चलचित्रलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।