Close sidebar

नेपालगन्जमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ दुई करोडको यात्रामा

मंसिर १, २०८१

नेपालगन्ज , गत कार्तिक १५ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला देशभरीका सिनेमा घरमा आक्रमक ब्यापार गरिरहेको छ। प्रदर्शनको दुई दिन ठिक ठाक दर्शकको साथ पाएको चलचित्रले आजको दिन सम्म पनि देशभरीका हलमा हाउसफुलमय व्यापार गरिरहेको छ। चलचित्रले पाएको सम्पुर्ण शोजहरु आज पनि हाउसफुल छन्।

चलचित्र हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया , बलियो वड अफ माउथ , मन छुने गित संगीत चलचित्रको बलियो पाटो हो।

चलचित्रले सार्वजानिक गरेको टिजर,गीत र ट्रेलर बाटै दर्शकलाई प्रतीक्षारत बनाएको चलचित्रले उठाएको गन्दर्भ समुदायको कथा , प्रस्तुतिकारण र एक बुवा र छोरा बीचको प्रेम सम्बन्ध र बिछोडको बेदना बोल्छ।

चलचित्रले मोफसल नेपालगन्जमा पनि आक्रमक ब्यापार गरेको छ । चलचित्रले नेपालगन्जको दुई सिनेमाघर सिनेरोयल र क्युएफएक्समा आज सम्ममा १ करोड ५० लाख माथीको ब्यापार गर्दै २ करोड क्लबमा प्रवेश गर्ने यात्रा तय गर्दै छ । मोफसल नेपालगन्जमा करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र हो । चलचित्रको ब्यापारको गतिलाई अनुमान गर्ने हो भने चलचित्रले नेपालगन्जमा मात्रै २ करोड भन्दा माथीको ब्यापार गर्ने अनुमान छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो। सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथा बोल्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया