Close sidebar

करणको श्वरमा शनिशा र शितलको अभिनय

असार २३, २०८१

काठमाडौँ,नेपाल आइडल सिजन ५ का विजेता करण परियारको नयाँ गीत सार्वजनिक भएको छ । आइडल विजेता भएपछी करणको सार्वजनिक भएको यो गीत दोस्रो हो । करणलाई फिमेल भोकलामा गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् ।

‘मैले सम्झिने मान्छे’ बोलको गीतलाई डा. बिष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलले कम्पोज गरेका हुन् । गीतमा महाराज थापाको एरेन्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । प्रेमिल गीतमा मोडल शनिशा भट्टराई र शितल वाग्लेको अभिनय देख्न सकिन्छ । भिडियोमा शितल र शनिशाको जोडी सुहाएको छ ।

भिडियोलाई मान कृष्ण महर्जन र पवन सुश्लिङले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन र कलर गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया