Close sidebar

चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो प्रमोसनल गीत, बिहे गर्ने कि नगर्ने ?

असार २२, २०८१

नेपालगन्ज, चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘बिहे गर्ने कि नगर्ने’ बोलको प्रमोसनल गीतमा रोहित शाक्यको संगीत, कुशल पोखरेलको शब्द र प्रस्तुति रहेको छ ।


गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का निर्देशक एवं कलाकार निश्चल बस्नेत संगै निर्देशक/कलाकार दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल र शिल्पा मास्केलेलाई देख्न सकिन्छ ।


असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी रहेको छ । चलचित्रमा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायत कलाकारको अभिनय रहेको छ।


ब्लाक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको संयुक्त रुपमा निर्देशन रहेको छ। भने चलचित्रको कथा पनि आकाश र साजनकै संयूक्त लेखेका हुन् । जहा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया