Close sidebar

थिकं एजुकेश्नल कन्सलटेन्सीका विद्यार्थीलाई ‘पुजार सार्की’ उपहार

जेष्ठ १६, २०८१

समिर शाही
नेपालगन्ज । गत बिहिबार देखि बिश्वभर एकैसाथ प्रर्दशनमा आएको चलचित्र ‘पुजार सार्की’ ले राम्रै दर्शक पाएको छ । प्रर्दशनको दोस्रो साताको तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’ नेपालगन्जका दुवै हलमा दर्शकहरुको उत्तिकै भिड देखिन्छ । चलचित्र ‘पुजार सार्की’ नेपाली समसामयिक बिषयमा जोडिएको हुनाले दर्शकहरु परिवारसगं हेर्न रुचाएको पाईन्छ । यसैबिच आज बुधबार नेपालगन्जमा रहेको सिनेरोयलमा थिकं एजुकेश्नल कन्सलटेन्सी कोहलपुरको परिवारले चलचित्र ‘पुजार सार्की’ को मनोरन्जन लिएका छन् ।

बिगत लामो समय देखी कन्सलटेन्सीले नेपालको उपत्यका लगायत कोहलपुर, दाङ्ग र सुर्खेतमा अब्बल प्रशिक्षकका साथ जापानीज भाषाको अध्यापन गराउदै आएको छ । कन्सलटेन्सी कोहलपुरबाट अध्ययन गरी जुलाई ईन्टेकको सिओई आइसकेको ५३ जना बिद्यार्थीलाई मायाको चिनो स्वरुप चलचित्र पुजार सार्की हेर्ने कार्यक्रम रहेको कन्सलटेन्सीका प्रबन्धक दिपेन्द्र कुवरले बताएका छन् ।

उनले भने “ चलचित्र पुजार सार्कीको धेरै प्रशंसा सुनियो र चलचित्र पनि नेपाली समाजमा राम्रो सन्देश दिने खालको भएर यहि बहानामा बिद्यार्थी र प्रशिक्षकको यादगारको लागी यो कार्यक्रम राखेका हौ ।” कुवरले चलचित्र एकदमै राम्रो बनेको र यसरी बिद्यार्थी र प्रशिक्षकसगैं हेर्न पाउदा खुसी व्यक्त गरे । उनले पछि फेरी आफ्नो परिवार लिएर हेर्न आउने समेत बताए ।

चलचित्र ‘पुजार सार्की’ बास्तबमै नेपाली समाजमा घट्दै आएको घटनामा आधारित रहेको बिद्यार्थी प्रेमा डागींले बताईन् ।

थिकं एजुकेश्नल कन्सलटेन्सी कोहलपुरका प्रबन्धक कुवरले आउने २०२५ अप्रिल ईन्टेक शुरु भएको र जापान पढ्न जान चाहने ईच्छुक बिद्यार्थीहरुलाई आफ्नो कन्सलटेन्सीसम्म आउन अनेरोध गरेका छन् ।

चलचित्र ‘पुजार सार्की’ दिनेश राउतको निर्देशनमा तयार गरेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया