नेपालगन्ज, सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र जन्ते बाख्रोको केही समय अघि निर्माण घोषणा गरिएको थियो । तर निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन् ।
मंगलबार निर्माण टिमले जन्ते बाख्रो मुख्य भुमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको छ । यो चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरुले झ्यानाकुटी र हात्तीछापमा एकसाथ काम गरेका थिए । उनीहरु दुवै जना यो चलचित्रलाई लिएर उत्साहीत छन् ।
आगामी भदौबाट छायांकन गरिने चलचित्रलो कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । कमेडी कथावस्तुमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानीरहनेछ कथावस्तुलाई लिएर सौगात उत्साहित छन् । चलचित्रका लागि अभिनय गर्ने अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ । अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केहीदिनमा पात्र सुहाउदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको छ ।