नेपालगन्ज, जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले आज देशभरिमा हलहरुम हाउसफुलमय ब्यापार गरेको छ । पोस्टर,टिजर र ट्रेलर सार्वजनिक भए संगै चलचित्रले दर्शक प्रति आफ्नो चासो बढाएको थियो ।
राजधानी सङै चलचित्रले मोफसल नेपालगन्जमा आज चलचित्रले हाउसफुलमय व्यापार गरेको छ । नेपालगन्जको सिनेरोयलमा चलचित्र हेर्ने दर्शकको लर्को लागेको छ । वड अफ माउथ बलियो हुदा चलचित्र हेर्ने दर्शकको आज सनिवार हलमा भिडभाड राम्रै देखिन्छ । नेपालगन्जको क्युएफएक्समा पनि चलचित्रले राम्रो ब्यापार गरिरहेको छ ।
दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।