नेपालगन्ज,आज जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले देशभरिका हलहरुमा हाउसफुलमय ब्यापार गरेको छ। चलचित्रको पोस्टर,टिजर र ट्रेलर सार्वजनिक भए संगै चलचित्र प्रती दर्शकको चासो बढेको थियो ।
यस्तै बाँकेको छिमेकी जिल्ला बर्दियामा हाल सिनेमाघर संचालनमा आएको छैन । तसर्थ बर्दिया बासि अधिकांस दर्शकहरु चलचित्र हेर्न नेपालगन्जनै आउने गरेको हामीलाई अवगत नै छ । यसै क्रममा चलचित्र पुजार सार्की हेर्न बर्दिया बासगढिका दर्शकले २२ जनाको एक टिम बनाएर आज नेपालगन्ज स्थित क्यु एफ एक्स सिनेमाजमा चलचित्र पुजार सार्की हेरेका छन् ।
चलचित्र हेरिसके पछि उनिहरुले भने “चलचित्रले हाम्रो समाजको यथार्थ कथाहरुको संगालो ‘पुजार सार्की’ भएको महसुश गरेका गराएको छ । विकाश सुवेदीको कथा रहेको अघिल्लो चलचित्र प्रकाशमा देखाईएको प्रदिप खड्काको अभिनयले मन जितेको थियो । अहिले यो चलचित्रमा नेपालका चर्चित अभिनेताहरुको अभिनय रहेको हुदा पक्कै पनि केहि नयाँ स्वाद चाख्न पाईन्छ कि भनेर हामी चलचित्र हेर्न आएको थियौ । चलचित्र हेरिसके हामीले जुन अपेक्षा गरेको थियौ त्यो भन्दा पनि माथि पायौ । चलचित्र ‘पुजार सार्की’ले हाम्रो मन जितेजस्तै अन्य दर्शकको पनि मन जित्नेमा दुईमत छैन । चलचित्रले वर्तमान स्वार्थि राजनिती र अन्तरजातीय प्रेमको कथालाई प्रमुख बिषयको रुपमा प्रस्तुत गरेको हुनाले पनि चलचित्र हेर्दा आनन्द आयो । चलचित्र पुजार सार्की सबैले एक चोटि हेर्नु पर्ने चलचित्र हो जस्तो हामीलाई लागेको छ ।”
दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।