Close sidebar

नेपालगन्जमा ‘पुजार सार्की’को आक्रमक व्यापार

जेष्ठ १०, २०८१

नेपालगन्ज,आज जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले देशभरिमा हलहरुमा हाउसफुलमय ब्यापार गरेको छ । पोस्टर,टिजर र ट्रेलर सार्वजनिक भए संगै चलचित्रको चर्चा चुलिएको थियो ।

धेरैको रोजाइमा परेको यो चलचित्रले आज देशभरीका हलहरुमा राम्रो व्यापार गर्नुका साथै राजधानी लगायत मोफसलका धेरै हलहरुमा हाउसफुलमय ब्यापार गरेको हो ।
अन्तर जातीय प्रेम,विवाह, छुवाछुत, भेदभाव को कथा बोकेको चलचित्रलाई दर्शकले मन पराएका छन् ।

चलचित्रले उठाएको सामाजिक कथा जुन समाजमा गरिने जातीय विभेदविरुद्ध आफुलेनै भोगेको र सामना गरेको अनुभबनै चलचित्र हेर्दा देखेको महशुस दर्शकले गरेका छन् ।
नेपालगन्जमा चलचित्र हेर्ने दर्शकले चलचित्रमा समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आफुहरुलाई पाएको बताए ।

मोफसल नेपालगन्जको सिने रोयल र क्यु एफ एक्स सिनेमाजमा प्रदर्शन भइरहेको चलचित्रले नेपालगन्जमा पनि राम्रो व्यापार गरेको छ । चलचित्र हेर्न बिहानै देखि दर्शकको राम्रो उपस्थिति रहेको देखिन्छ । सिने रोयलका सि.ओ.ओ रितेश श्रेष्ठका अनुसार चलचित्रले आज पाएको धेरै शोले हाउसफुल नजिकको ब्यापार गरेको उनी बताउछन् । यता क्यु एफ एक्स सिनेमाजमा पनि चलचित्र पुजार सार्कीको व्यापार राम्रो रहेको छ। दुबै हलको व्यापार हेर्दा चलचित्रले आज नेपालगन्जबाट ५ लाख माथीको व्यापार गर्ने अनुमान गरिएको छ ।


दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।


चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया