नेपालगन्ज, यहि बैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भइरहेको छ । दोश्रो हप्तामा प्रदर्शनरत चलचित्रले दर्शकहरुबाट गजबको साथ पाइरहेको छ । चलचित्र हेर्न आजको दिन सम्म पनि हलहरुमा दर्शकको राम्रो उपस्थिति रहेको छ । दोश्रो हप्ता सम्म आउदा चलचित्रले ७ करोड भन्दा माथीको ब्यापार गरेको छ।
मोफसलका सिनेमाघरहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । चलचित्रले पाएको माया र साथलाई आत्मसाथ गर्दै चलचित्रको टिम यतीबेला मोफसल यात्रामा छ । हिजो चलचित्रको टिम पूर्वका शहरमा पुगेको थियो । त्या रहेका सिनेमाघरमा चलचित्रको टिम पुग्दै दर्शक संगै बसेर चलचित्र हेर्नुका साथ चलचित्रलाई हेरेर साथ दिने दर्शकलाई धन्यवाद दिदै केही कार्यक्रममा सहभागि समेत भएको थियो ।
नेपालगन्जमा पनि चलचित्र बोक्सीको घरले राम्रो ब्यापार गर्नुका साथै सफलताका साथ प्रदर्शन भइरहेको छ। मोफसल यात्रालाई निरन्तरता दिदै भोली बुधवार २६ गते चलचित्र बोक्सीको घर टिम नेपालगन्ज आउने भएको छ । चलचित्रको टिमले नेपालगन्जमा रहेका सिनेमाघर सिने रोयल र क्यु एफ एक्समा भिजिट गर्नुका साथै प्रेस मिट,दर्शक भेटघाट लगायतको कार्यक्रममा सहभागी हुनेछ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रले समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । समाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया,सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ । बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ।