Close sidebar

भव्य प्रिमियरमा ‘मनसरा’ लाई उत्कृष्ट प्रतिक्रिया

बैशाख २०, २०८१

बैशाख २१ गते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मनसरा’को बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा चलचित्र हेर्न सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेर्न निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लप प्रतिक, गायक तथा संगीतकार कालि प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परिक्षा लिम्बु, पोयट आइडलका निर्देशक अनम प्रताप अधिकारी लविम मल पुगेका थिए ।

निर्देशक निश्चल बस्नेतले चलचित्रमा काम गरेका सवै कलाकारको काम उत्कृष्ट लागेको र उपेन्द्र सुब्बा दाईको पहिलो चलचित्र हेर्दा नै पहिलो हो जस्तो लागेको थिएन् । ‘मनसरा’ त्यो भन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको छ । एक पटक सम्पुर्ण दर्शकलाई यो चलचित्र हेर्न अनुरोध गर्छु । ‘उहाँले नेपाली चलचित्रमा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो’, निर्देशक बस्नेतले भने ।

अभिनेता खगेन्द्र लामिछानेले पनि चलचित्र निकै मन परेको बताए । निर्देशक उपेन्द्र सुब्बा दाई सामाजिक कथा अनि हामीले देखेका र सुनेका घटनालाई गहन रुपमा प्रस्तुत गर्नु भएको छ । चलचित्रमा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिनु भएको छ । त्यसैले एक पटक सवैले हेनु पर्ने चलचित्र ‘मनसरा’ बनेको अभिनेता लामिछानेले बताए । निर्माता तथा निर्देशक अशोक शर्माले पनि निर्देशक उपेन्द्र सुब्बाको काम र चलचित्रको प्रस्तुतिकरण उत्कृष्ट लागेको बताए ।

निर्देशक प्रदीप भट्टराईले चलचित्र फरक फरक आउनु पर्ने र त्यही फरक चलचित्रमध्ये एक ‘मनसरा’ भएको बताए । चलचित्र उद्योग भनेको साँच्चिकै बगैचा जस्तो भएकाले त्यहाँ एकथरी मात्रै फूल फुल्यो भने त कामै भएन नि त्यहाँ थरीथरीका फूल फुल्न जरुरी रहेको बताए । ‘जारी’मा उपेन्द्र दाई बगैचामा एकदुई थरी फूल फुलाउनु भएको थियो । यसपाली ‘मनसरा’लाई पुरै बगैचा नै बनाउनु भएको छ । सुन्दर बगैचा एक पटक घुम्नै पर्ने खालको निर्देशक भट्टराईले भने ।

अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन् । उपेन्द्र दाई माया कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ । तपाईले माया कसरी बुझ्नु भयो त्यो पनि सजिलो प्रेम होइन । यस्तो सिरियस प्रेम, समाजमा पाच्य नहुने अथवा हामीलाई पश्न गरिरहने प्रेम सम्बन्धलाई पनि साधारण र पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ । एक पटक यो चलचित्र हलमा पुगेर सवै दर्शकले हेनु हुन्छ भन्ने अपेक्षा छ । उपेन्द्र दाई अत्याधिक सफलताको शुभकामना दिन्छु ।

चलचित्रको प्रिमियरमा उपस्थित पाहुनाले निर्देशक सुब्बासँगै अभिनेता प्रवीन खतिवडाको अभिनयको तारिफ पनि उत्तिकै गरेका छन् । यो चलचित्र पश्चात प्रवीन खतिवडाको करियरले फड्को मार्ने विश्लेषण धेरैको थियो । यता अभिनेत्री मिरुना मगर, मेनुका प्रधान र चलचित्रमा तान्छोको रुपमा काम गरेका बालकलाकारको अभिनयलाई पनि प्रशंसा मिलेको थियो । अभिनेता दयाहाङ राईलाई चलचित्रमा आवश्यता अनुसार नै ठाउँ दिएको प्रतिक्रिया धेरैको थियो ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

चलचित्रमा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन चलचित्रमा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया