नेपालगन्ज, गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्रले आज प्रदर्शनको पाचौं दिन सम्मपनि देशभरिका केही हलमा हाउसफुलमय ब्यापार गर्दै सफलताका साथ प्रदर्शन भइरहेको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । सामाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् । हलमा दर्शकको सहभागिता हेर्दा महिलाको उपस्तिथि आज पनि बाक्लो नै देखिन्छ ।
नेपालगन्जको कुरा गर्नु पर्दा आज चलचित्रले सिनेमाघर सिनेरोयलमा चलचित्रले पाएको ७ शो मध्य ३ ओटा शोमा हाउसफुलको व्यापार गरेको छ भने अन्य शोमा ८०/९० प्रतिशात व्यापार गरेको छ । सिनेरोयलका सि.ओ.ओ रितेश श्रेष्ठका अनुसार आज रात्री शो सुरु हुन अगावै हाउसफुल भएपछि दर्शकको बाक्लो उपस्थिति र मागलाई पूरा गर्दै अर्को रात्री शो समेत थप्नु परेको बताउनु भयो ।
आजको दर्शक उपस्थिति हेर्दा र भोलि सार्वजनिक बिदा समेत रहेको हुदा भोलि पनि दर्शकको उपस्थिति राम्रो हुने पक्का छ । भोलि सिनेरोयलले मात्र चलचित्रलाई ९ शोज प्रदान गरेको छ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया,सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।
बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ।