Close sidebar

नीति शाहको डेब्यू चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर रिलिज

बैशाख १७, २०८१

नेपालगन्ज,सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर रिलिज गरिएको छ। आईतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा सहकारीको घोटालालाई समेत मुख्य बिषय बनाइएको देख्न सकिन्छ।

अनमोल गुरुङको संगीत, मित्र डी गुरुङको सम्पादन, शिशिर विसङ्केको छायांकन रहेको यो चलचित्रमा नविन मानन्धर सुरज सुनुवारको लगानी छ । डाइमण्ड उप्रेति कार्यकारी निर्माता रहेको यो चलचित्रको ट्रेलरमा खजुरे ब्रो नामक पात्रको जीवन कथा देखाइएको छ ।

यो चलचित्र नायिका नीति शाहका लागि अझ विशेष छ । किनकी, यो नीति शाहको डेब्यू चलचित्र हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नीतिले चलचित्रको कथाको माग अनुसार आफूले काम गरेको बताइन् ।

कमेडीसँगै सामाजिक कथामा निर्माण गरिएको यो चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नविन मानन्धर, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, पवन लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया