नेपालगन्ज, हिजो शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ले आज देशभरीका सिनेमाघरहरुमा बिहान देखि नै हाउसफुलको व्यापार गरेको छ ।
मोफसल नेपालगन्जको कुरा गर्दा आज चलचित्रले नेपालगन्जका दुबै सिनेमा घर सिने रोयल र क्युएफएक्समा हाउसफुलको ब्यापार गर्दै छ । आज नेपालगन्जका सबै शो हरु हाउसफुल हुने अनुमान छ ।
दयाहाङ राई र आँचल शर्माले पहिलोपटक सँगै काम गरेको चलचित्रले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ।
आज नयाँ बर्षको दिन पनि रहेकाले देश भरिका सिनेमाघर दर्शकले भरीभराउ छन् । चलचित्र हेर्दै गरेका दर्शकले चलचित्रमा बोलिएका सम्बादमा ताली र हुटिङले आनन्द लिएको देख्न सकिन्छ ।