Close sidebar

नेपालगन्जको `सिनेरोयल´लाई बर्ष सिनेमाहलको अवार्ड

चैत्र ३०, २०८०


नेपालगन्ज,बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक बर्षको चैत्र मसान्तमा आयोजना गर्दै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्डको १८ औ संस्करण यो बर्ष पनि भब्य आयोजना गरेको छ। उक्त कार्यक्रममा बर्ष सिनेमाहलको अवार्ड (मोफसल) नेपालगञ्‍जमा रहेको सिनेमा थिएटर सिनेरोयलले पाएको छ । आधुनिक प्रविधि, सुविधाजनक बसाइ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिनेरोयलले पछिल्लो समय नेपालगञ्‍जमा अभूतपूर्व बेन्चमार्क स्थापित गर्न सफल भएको छ।


पश्चिम नेपालको एतिहासिक सहर नेपालगंज–१० सुर्खेत रोडस्थित रहेको यस थिएटरले पछिल्लो समय एउटा बेग्लै नाम र नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई पनि परिवर्तन गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व अनुभव प्रदान गर्न सफल भएको छ। नेपालगन्ज र लुम्बिनी प्रदेशका लागि मात्र होइन, नेपालकै लागि सिनेमा क्षेत्रमा गौरवको प्रोजेक्ट भएको यसले भारतीय सिनेमा प्रेमीलाई पनि आकर्षित गरेर यस क्षेत्रको आर्थिक गतिबिधि बढावा दिने पनि सफल भएको छ।


तीनवटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिका बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ एक उत्कृष्‍ट गुणस्तरको पिक्चर र रङ संयोजन गरि सिनेमा पारखीका लागि एउटा बेग्लै अनुभव प्रदान गर्छ ।

साथै नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ जसले दर्शकहरुको बसाईमा आराम प्रदान गर्न  तीन किसिमका सिटहरू( रिक्लाइनर, लाउन्जर र स्लाइडर) रहेका छन्। साथै, यहाँ उपलब्ध स्वादिलो खाना अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ ।

सिनेरोयलमा यतिबेला चलचित्र महाजात्रा, डिग्री माईला , द रेड सुट्केस लगायतका चलचित्रहरु प्रदर्शन भइरहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया