Close sidebar

तेस्रो सातामा “महाजात्रा”को सफल यात्रा,नेपालगन्जमा २५ लाख माथीको ब्यापार

चैत्र २३, २०८०

नेपालगन्ज, चलचित्र ‘महाजात्रा’ले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत चलचित्रले अघिल्लो दुई साता झैँ तेश्रो सातामा पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाईनै रहेको छ ।


चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । चलचित्रको बलियो पक्षनै दर्शकबाट पाएको सकारात्मक ‘वर्ड अफ माउथ’ हो ।


नेपालगन्जको हकमा चलचित्रले पहिलो हप्तामा मात्रा १५ लाख माथिको ब्यापार गएरको थियो भने चलचित्रले दोश्रो हप्तामा २५ लाख माथीको ब्यापार गरेको छ । नेपालगन्जको सिनेमाघर सिने रोयल र बागेश्वरी क्युएफएक्स सिनेमाजमा चलचित्र प्रदर्शन भईरहेको छ। चलचित्र महाजात्राले देशभरका सिनेमाघरबाट १० करोड माथीको ब्यापार गरेको तथ्यांक सार्वजनिक गरेको छ ।


दर्शक संख्या र शो संख्या हेर्दा चलचित्र महाजात्राले सिने रोयल सिनेमा घरमा मात्र १५ लाखको माथीको ब्यापार गरेको अडकल छ । नयाँ सिनेमा हल रमणीय वातावरण र आरामदाइ सिट रहेको सिने रोयलमा चलचित्र हेर्ने दर्शकको उल्लेखनीय उपस्तिथि रहने गरेको सिने रोयलका सिइओ रितेश श्रेष्ठले चित्रभित्रलाई जानकारी गराए । श्रेष्ठका अनुसार नेपाली चलचित्र हेर्ने दर्शक नेपालगन्जमा उल्लेखनीय रहेको र दर्शकको रोजाईको नेपाली चलचित्र नै हाम्रो पहिलो प्राथमिकता रहेको उनले बताए।


प्रदिप भट्टराई निर्देशित चलचित्रमा आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको छ।जस्मा बिपिन कार्की, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया