Close sidebar

प्रदर्शनको दोस्रो सातामा ‘महाजात्रा’,नेपालगन्जमा १५ लाख माथिको ब्यापार

चैत्र १६, २०८०

नेपालगन्ज, चलचित्र ‘महाजात्रा’ले प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत चलचित्रले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । चलचित्रले दर्शकबाट प्राप्त प्रतिक्रियाले दोस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित छ ।

चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनि एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले चलचित्र दोस्रो सातामा पनि नियमति प्रदर्शनमा छ ।

नेपालगन्जको हकमा चलचित्रले पहिलो हप्तामा मात्रा १५ लाख माथिको ब्यापार गएरको छ। नेपालगन्जको सिनेमाघर सिने रोयल र बागेश्वरी क्युएफएक्स सिनेमाजमा चलचित्र प्रदर्शन भईरहेको छ। चलचित्र महाजात्राले देशभरका सिनेमाघरबाट ६ करोड २४ लाख ब्यापार गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुआत गरेको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको चलचित्रलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

यसका साथै नेपालकै ठूलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । क्युएफएक्सले पहिलोपटक नेपाली चलचित्रलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो । क्युएफएक्सकी जेनरल म्यानेजर तृप्ति गिरीले केही समय अगाडिको निर्णय अनुसार चलचित्रलाई वर्गीकरण गरिएको बताइन ।

प्रदिप भट्टराई निर्देशित चलचित्रमा आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको छ।जस्मा बिपिन कार्की, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया