नेपालगन्ज, चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’को निर्माण घोषणा गरियो । करीब ४५ दिनको छायांकन पछी हाल चलचित्रको काटछाटको काम चल्दैछ । नयाँ बर्षको आवसर पारेरै भनौ चलचित्रले आफ्नो पहिलो लुक्स सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई देख्न सकिन्छ । पोस्टरमा कलाकार हरिवंश आचार्य व्हील चेयरमा घाईते अवस्थामा देखा परेका छन् । उनको दुबइ हातमा रसी बाधिएको छ भने उनको एक खुट्टामा रसी बाधिएको छ । र अर्को खुटामा चोट लागेको देख्न सकिन्छ । पोस्टेरको लूक्स हेर्दा चलचित्रमा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको बुझ्न सकिन्छ । अर्थात् यसमा हासो र रोदनको मिश्रण भने पक्कै छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो चलचित्रको शृङ्खला धेरै दर्शकको प्रिय बनेको छ ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन । चलचित्रमा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ ।