Close sidebar

गायक प्रताप दासको स्वरमा गीत ‘चाहन्छु ५’ सार्वजनिक

पुस १७, २०८०

नेपालगन्ज, गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज तथा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

सरोजकै प्रस्तुति रहेको यो गीतको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको यो गीतमा वरुण र कुसुमको जोडी निकै जमेको छ ।

ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ । साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया