Close sidebar

मोफसलमा हात्तीछाप टिम, सौगातले बोलेको संवादले तातिएको त्यो माहोल ।

पुस १६, २०८०

नेपालगन्ज, चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल लगाएतको टिम यतिबेला पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर चलचित्रको बरेमा चर्चा र प्रचारमा ब्यस्त छन् ।

सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगे । यी महोत्सवमा उपस्थित भएका नायक सौगात मल्लले दर्शकलाई आफ्ना चलचित्रका हिट संवादहरु सुनाएका थिए । सौगातको संवादहरुले महोत्सवको माहोल निकै गर्माएको थियो । संवाद सुन्दा दर्शकको ताली र हुटिङ्गको बर्षात भएको थियो ।

सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको बताएका थिए । दर्शकको मायालाई आत्मसात गर्न सौगातले स्टेज छाडेर दर्शक सङ हात मिलाउनकालागि स्टेज तल समेत ओर्लिएका थिए ।

यस्तै, कलाकार कमलमणी नेपालले पनि दर्शकलाई पेट मिचिमिची हसाँउनुका साथै कमेडी गीत समेत सुनाएका थिए ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली भन्छन्–‘दर्शकहरुमा चलचित्रप्रति उत्साहि  निकै रहेको पायौं । यसले, हामीलाई निकै खुशी बनाएको छ । हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पुर्वसम्म पुग्नेछौं ।’


नायक सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा निकै खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले चलचित्र र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको उनले बताए । यो भन्दा पहिला यसरी स्टेज र दर्शक सङ प्रत्यक्ष आमने सामने नगरेका सौगातले पहिलो अनुभबले धेरै खुशी मिलेको समेत बताए ।

चलचित्रको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।

चलचित्र ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया