Close sidebar

चलचित्र हात्तीछाप अर्गानिक र हरेक नेपालीको कथा हो ।

पुस १४, २०८०


नेपालगन्ज, आउदो माघ २६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हात्तीछापको टिमले शनिबार नेपालगन्जमा चलचित्र पत्रकारहरुसँग साक्षात्कार गरेको छ । साक्षात्कारमा हात्तीछाप चलचित्रमा प्रमुख भूमिका रहेका कलाकार सौगात मल्ल, कमलमणी नेपाल र निर्माता किरण नेपालीले दर्शकको मागअनुसार हात्तीछाप चालचित्र बनेको दाबी गरेका छन् ।


निर्माता किरण नेपालीले पछिल्लो समयमा पश्चिम क्षेत्रमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या बढ्दै गएको र नेपालगन्जमा नेपाली सिनेमाको व्यापार बढ्दै गएको जिकिर गरे । किरणले नेपालगन्जमा हात्तीछाप चलचित्रलाई पनि दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए ।
‘पछिल्लो चरणमा दर्शकहरुले कस्तो किसिमको चलचित्रको माग गर्नु भएको छ भन्ने कुरालाई हामीले अध्ययन गर्दै गएका छौं,’ निर्माता किरण भने,‘त्यसैले हात्तीछाप चलचित्र दर्शकको माग अनुसार बनेको छ ।’


साक्षात्कारमा कलाकार कमलमणी नेपालले नेपाली सिनेमा मनपराउने दर्शकलाई हात्तीछाप चलचित्रले हलसम्म ल्याउनसक्नेमा आफू विश्वस्त रहेको बताए । उनले हात्तीछाप चलचित्रमा शक्तिमा रहेको मान्छे शक्ति हिन हुँदाको कथालाई देखाइएको बताए ।


सौगात मल्लले हात्तीछाप चलचित्रबाट दर्शकलाई फरक खालको स्वाद दिन चलचित्रको टोली सक्षम भएको आफूले अनुभव गरेको बताए । हात्तीछाप चलचित्रमा सौगात मल्ललाई राजाको रुपमा देखाइएको छ ।


निर्माता किरण नेपालीको हात्तीछाप चलचित्र छैठो चलचित्र हो । यसअघि उनले निर्माण गरेको ‘पोइ पर्यो काले’,‘दुई नम्बर’लगायत सबै चलचित्र हिट नै छन् । हात्तीछाप चलचित्रले आफूलाई ह्यार्टिक दिलाउनेमा आफू ढुक्क रहेको निर्माता किरण बताउँछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया