Close sidebar

प्रेम भाव बोकेको ‘म उठ्छु’ गीतमा बोल्ड देखिइन् साक्षी

पुस ४, २०८०

नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत तयार भएको छ । यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ । सार्वजनिक यो गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ ।


भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । क्लेरियन्स नेपाल नामक ब्याण्डले यो गीत बजारमा ल्याएको हो । ब्यान्डमा चार जना सदस्यहरु छन् । प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ । गीतको भिडियोमा मोडल साक्षी लम्साललाई हट अवतारमा प्रस्तुत गरिएको छ । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया