Close sidebar

दर्शकलाई धन्यवाद दिन नेपालगन्ज आइपुगे प्रकाश, केकि र बर्षा

कार्तिक १, २०८०

नेपालगन्ज ,बडादशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले रुचाइरहेका छन् । काठमाडौं उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । हिजो मंगलवा पनि धेरै हल भरिभराउ भएका थिए ।

प्रदर्शनको दिनदेखि निर्माण टिमले काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको थियो । सोही क्रमलाई निरन्तर्ता दिदै चलचित्र टिम यति बेला मोफसल यात्रामा छ । चितवन, बुटवल हुँदै आज टिम नेपालगन्ज आइपुगेको छ। चलचित्र हेरेर साथ दिएका दर्शकलाई धन्यवाद दिनुका सथै आज टिमले नेपालगन्जका दर्शक संगै बसेर चलचित्र हेर्ने भएको छ।

अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटीले आज नेपालगन्जमा रहेको क्युएफएक्स सिनामज र सिने रोयलमा पुगेर दर्शकको प्रतिक्रिया लिने छन् । उनीहरूले दर्शकलाई भेट्ने, हलमा संगै बसेर चलचित्र हेर्नुका साथै चलचित्रलाई साथ दिएकोमा प्रत्यक्ष धन्यवाद समेत दिनेछन् । नेपालगन्जका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् ।

दर्शकबाट ‘परदेशी २’ले सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । हरेक उमेर समूहका दर्शकलाई चलचित्रले हलसम्म तान्न सफल भएकोमा निर्माण टिम खुशी देखिएको छ । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ ।

अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई चलचित्रमा देखाइएको छ । विदेशमा रहँदा एकातर्फ देशको सम्झनाले सताउने, अर्कोतर्फ सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडाको समसामयिक कथालाई चलचित्रमा मर्मस्पर्शी तरिकाले सरल रुपमा प्रस्तुत गरिएको छ ।

यस चलचित्रका निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका थिए । ‘परदेशी’ प्रदर्शनमा आएको ८ वर्षपछि रायमाझीले यसको दोस्रो श्रृंखला ल्याएका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया