Close sidebar

चलचित्र ‘जय हो’को गीत टिकटकमा हिट

साउन १८, २०८०

नेपालगन्ज – आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को गीत समाजिक सञ्जाल टिकटक र युट्युवमा रुचाइएको छ । गत साउन १२ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको चलचित्रको गीत ‘राजा रानी’लाई दर्शकले रुचाएका हुन् ।

गीत रिलिजको ६ दिनमा युट्युवमा ५ लाख बढि भ्युज भएपनि टिकटकमा गीतका केही लाइनहरु दर्शकले रुचाएका छन् । ती लाइनमा एक दमै धेरै टिकटक भिडियोहरु निर्माण भएका छन् । जसले चलचित्रको प्रचारमा निककै फाइदा पुगेको विश्वास निर्माण टिमको छ । ‘राजा रानी’ गीतमा सागर आलेको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई गीतमा सदिक्षा कट्टेलले गायनमा साथ दिएकी छन् ।

टेक पौरखी राईको निर्देशन निर्माण भएको चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

चलचित्रमा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स रहेको चलचित्रका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट प्रदर्शनमा आउनेछ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।   

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया