Close sidebar

‘गणपति’को कथामा डुबेका निर्माता रिजाल, भन्छन् म निकै उत्साहित भएँ

साउन १७, २०८०

नेपालगन्ज – आउदो भदौ १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गणपति’को पोस्टर,टिजर र गीत रिलिज भैसकेको छ। रिलिज भएका सबै खुराकले दर्शकमाझ चलचित्रलाई प्रतीक्षामा राख्न सफल भएको छ । अझै अर्को कुरात चलचित्रको गीत छायांकन गर्ने क्रममा सेटमै आगो लागेपछि चलचित्रको गीतलाई रि-सुट गरियो तसर्थ पनि चलचित्रको बरेमा धेरै चर्चा र चासोको विषय बन्यो ।

अभिनेता मुकुन भुसालको भिन्नै लुक्स अनि टिजरमा दर्शाइएको केही दृश्यले चलचित्र सस्पेन्स अनि धर्मिक कथा र आस्था सङपनि जोडिएकाले चलचित्रको रिलिज दर्शकका लागी पर्खाइ बनेको छ।

अब कुरा गरौ अर्को चर्चाको विषयको, सुरुवातमा चलचित्रको निर्माता अरुकोहि भएपनि चलचित्र ‘गणपति’लाई रिजाल एण्ड रिजाल प्रोडक्शनले खरिद गर्यो । आफैले निर्माण गरेको चलचित्र त चल्छ कि चल्दैन भन्ने प्रश्न अनि रिलिज भैसकेपछिको तनाब निर्मातालाई भन्दा अरु कस्लाई होलार । तर चलचित्र गणपतिको विषयमा भने केही फरक छ । चलचित्र किनेका राम प्रसाद रिजाले भन्छन् ‘यो चलचित्र हेरेपछि म निकै उत्साहित भएँ । किनकी, यसको कथावस्तु वेजोड छ । निर्देशक सविन अधिकारीले चलचित्र गज्जब बनाएका छन् । चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय देखेपछि चलचित्र चल्नेमा ढुक्क भएर मैले खरिद गरेको हुँ ।’ जबकि गतबर्ष रिजालले चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण गरेका थिए । तर, यो चलचित्रबाट उनी डुबे । यसपटक भने ‘गणपति’ले आफूलाई  उठाउनेमा उनी ढुक्क छन् ।’

चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अन्सु महर्जन, पुष्कर गुरुङ, जयनन्द लामा लगायतको अभिनय छ ।  फिल्म ‘गणपति’ले मानिसलाई अहिलेको समाजले कसरी भगवान् बनाउँछ भन्ने कथा प्रस्तुत गर्दछ । समसामयिक बिषयमा निर्माण भएको र सामाजिक कथा बोल्ने भएकाले पनि दर्शकले मन पराउने निर्माता रिजालको विश्वास छ । 

सविन अधिकारीद्वारा निर्देशित ‘गणपति’ले आस्थाको रुपमा रहेका भगवान् र पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउनेछ । चलचित्रमा मुकुनका साथै मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा लक्ष्मण रिजाल तथा कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया