Close sidebar

गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार

असार ११, २०८०

नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियरको क्यान बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको क्यान प्रहार भएको हो।

गायक सपुतलाई क्यान प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बियरको क्यान प्रहार भएको देखिन्छ।

भिडियोको लिंक

https://fb.watch/loTcSkjGX6/

आफ्नाे सुरमा गीत गाइरहेका प्रकाशले क्यान आएको नदेख्दा छल्न सकेनन् र उनको अनुहारमै क्यान लागेको थियाे। त्यस लगत्तै हातले मुख छोप्दै स्टेज छाड्छन्। आयोजकले तत्काल क्यान प्रहार गर्नेलाई समातेका थिए।

सोही भिडियो सेयर गर्दै यतिबेला सामाजिक सञ्जालमा उनका सहकर्मी एवम् शुभचिन्तकले खेद प्रकट गरेका छन्। घटनाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया