Close sidebar

प्रचण्ड गर्मीमा रोमान्टिक पुष्प हट मोनिका ( भिडियो)

जेष्ठ २१, २०८०

गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सन्तोष सुनारकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन् । भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स हेर्न सकिन्छ । निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन् । भिडियोमा मोनिका हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् । गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया