आउदो भदौ १ गतेबाट प्र्दर्शन हुने चलचित्र ‘नम्बरी सुन’ले हिजो शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा प्रिमियर सम्पन्न गरेको छ । हेटौंडाका नारायण खातीले निर्माण गरेको चलचित्रको पहिलो शो नै हेटौंडाका दर्शकमाझ देखाईएको हो।
निर्माता खातीले आफ्नो जन्मथलोमा आफ्नै चलचित्रको प्रिमियर गर्न पाउँदा खुशी व्यक्त गरे । चलचित्र हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रमार्फत देखाइएको छ । निर्देशक राजु गिरीले सुनसँग जोडिएर बनाइएको चलचित्रले सुन बनाउने सुनारेलाई गाउँका काजीहरुले हेर्ने दृष्टिकोण चलचित्र मार्फत देखाइएको बताए । प्रिमियरमा निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकार गौरव पहारी,किरण नेपालीको उपस्थिति रहेको थियो ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर सुनचादीँ व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
चलचित्रमा गौरव पहारी, किरण नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल रहेका छन् । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत भरेका छन्। जहाँ रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ ।