नेपालगन्ज : वैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’का मुख्य नायक धिरज मगर र नायिका जसिता गुरुङले मोफसलका दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । यसका लागि उनीहरु आज वुटवलका दर्शकसँग उनीहरुले भेटघाट गर्ने निर्माणपक्षले बताएको छ । मोफसल यात्राा चलचित्रका नायक धिरज मगर, नायिका जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर विवेक खकुरेल, मिडिया कोअर्डिनेटर विजय आवाज लगायतको टिम रहेको रहेको छ ।
टिमले आज बुटवलका विभिन्न कलेज, सिनेमा भवनमा धिरज र जसिताले दर्शकसँग कुराकानी गर्नेछन् । निर्देशक रेनशा वान्तवा राइले भनिन्–‘चलचित्र चल्नु अगाडि नै हामी दर्शकहरुसँग भेटघाट गर्न आतुर छौं । दर्शकले हाम्रो चलचित्रलाई लिएर कस्तो विचार व्यक्त गर्नुहोला भन्ने कुराले म आफै पनि उत्साहित छु ।’
यस्तै, वैशाखको ९ गते भोली शनिबार उनीहरुले नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्नेछन् । यसका लागि नेपालगञ्जमा रहेको क्यूएफएक्स, बागेश्वरीमा धिरज र जसिता पुग्नेछन् ।
धिरज र जसिताले बुटवल र नेपालगञ्जका दर्शकलाई शुक्रबार र शनिबार भेट्नका लागि आग्रह समेत गरेका थिय । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा छुट्टै खालको उत्साह छ । डान्सको कथामा तयार भएको चलचित्रलाई धिरजलाई २ अवतारमा देख्न सकिन्छ । यस्तै, जसिताले भने चलचित्रमा आफ्नो सपना पुरा गर्नका लागि मिहिनेत गर्ने एक यूवतीको भूमिकामा अभिनय गरेकी छिन् ।आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।