यही वैशाख २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको रेनशा राई राना निर्देशित चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएसङै यो चलचित्र हेर्ने धेरैको पर्खाई बनेको छ। नयाँ वर्षको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरमा धिरज मगर आफ्नो डान्सर बन्ने सपना र बुवाको लाहुरे बनाउने सपनाबीचको अन्तरद्वन्द्वमा देखिएका छन्। चलचित्रमा बाबु र आफ्नो सपना फरक हुँदा एक छोराले डान्सर बन्नका लागि गरेको कडा संघर्ष गरेको ट्रेलरमा झल्किन्छ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको चलचित्रमा धिरजका साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सुर्यमान लिम्बु, विकाश जोशी, प्रदीप लामा, सुशान्त गौतमलगायत कलाकारको अभिनय छ।
आईकोर फिल्म्स ब्यानरमा निर्माण भएको चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी रहेको छ भने चलहित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन्।