नेपालगन्ज – करोडौंको लगानी अनि सम्पुर्ण टिमको मिहेनत र थुप्रै तामझाम गर्दै चलचित्र प्रदर्शनमा आउछ । निर्माता निर्देशक अनि कलाकार सबैलाई आफ्नो काममा ठुलो बिश्वास पनि हुन्छ र चलचित्रले राम्रो ब्यापार गर्छ भन्ने तितो सत्यको आश पनि हुन्छ । तर, सबैलाई त्यो सौभाग्य कहाँ मिल्छ र चलचित्र हलसम्म ल्याउनै गाह्रो अनि लागीहाल्यो भने चलाउनै गाह्रो कारण हो एकै हप्तामा आफ्नै नेपाली चलचित्रहरुमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता अनि ठूलो हिन्दी तथा साउथ फिल्मको चपेटा ।
१ जना दर्शकले एउटा नेपाली चलचित्रनै हेर्नू पर्यो भने टिकटको मात्रै २५० देखि ३५० सम्मको खर्च तिर्नुपर्ने हुन्छ । हल सम्म आउने कफि र पपकर्न खाने नखाने बाकीको खर्च उस्को इच्छा हो तर हेर्ने कुन चलचित्र ? कारण हो एकै हप्तामा धेरै नेपाली चलचित्र प्रदर्शनमा आउनु अनि हेरेको चलचित्रमा चित्त बुझाउन नसक्नुका कारणले पनि चलचित्र प्रतीको मोह कम भएको पाइन्छ । तर कुनै चलचित्रले आफ्नै पहिचान महत्त्व र चार्म बोकेको हुन्छ ।
यो बर्षका लागि प्रतीक्षारत बनेको चलचित्रहरु मध्य एक थियो छक्का पन्जा ४ । सधै दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रले त्यो अवसर भने पाएन कारण थियोे चलचित्रको छायांकनको सम्पुर्ण काम सकिसकेको थिएन । सधै दशैमा प्रदर्शन हुने र धेरै बिदाका कारण चलचित्रले ब्यापार धेरै गरेको हो भन्ने चलचित्र नगरिका जोतिसीले भन्ने गरेको तपाईं हामीले पनि नसुनेको भने होइन । चलचित्र चल्नु राम्रो हो । सबैकालागि सबै चलचित्र चल्नु पर्छ । चल्नु मात्र होइन कस्को ब्यापार को भन्दा बढी भएछ भन्ने जिज्ञासा्ले अझै बढी महत्त्व राख्ने गर्छ । तर हिन्दी र नेपाली चलचित्रको ब्यापारमा तुलाना गर्ने हामी कहिले आफ्नै चलचित्रको रेकर्ड ब्रेक गर्ने होडबाजीमा लागिरहेका हुन्छौ ।
अब चर्चा गरौ नेपालगन्जको , चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालगन्जमा प्रदर्शनको पहिलो दिन शुक्रबार बाटै आक्रमक ब्यापारको सुरुवात गर्यो । चलचित्रले आजको दिन सम्म पनि संतोषजनक ब्यापार गरिरहेको छ । अझै चलचित्रमा दिपक राज गिरिलाई दिएको राजा उपनामलाई सापटी लिने हो भने छक्का पन्जा ४ ले एतिबेला हलमा राज नै गरिरहेको छ भन्दा फरक नपर्ला ।
नेपालगन्जको हकमा चलचित्रले आज सम्म ६६ लाख भन्दा माथीको ब्यापार गरेको छ भने चलचित्रलाई २५ हजार भन्दा बढी दर्शकले हेरेको अनुमान रहेको हलका म्यानेजर सन्जिब शाक्यले बताए। शाक्यका अनुसर यसै बर्ष प्रदर्शनमा आएको साउथ चलचित्र केजिएफले ६५ लाख नजिकको ब्यापार गरेको थियो भने नेपाली चलचित्र कबड्डि ४ के ६० लाख नजिकको ब्यापार गरेको थियो । चलचित्र छक्का पन्जा ४ नेपालगन्जमा यो बर्ष २०७९ को धेरै हेरिने र धेरै ब्यापार गर्ने चलचित्र बनेको छ ।
दिपकराज गिरी र दिपाश्री निरौला निर्मित चलचित्र ‘छक्का पञ्जा ४’ लाई दर्शकको प्रतिक्रिया सकारात्मक छ ।चलचित्रले अब ५१ दिनको यात्रा गर्दैछ ।
चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, राज आचार्य, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन् ।