Close sidebar

‘प्रसाद २’को ‘मार्सी धान’मा केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का

चैत्र ७, २०७९

चैत्रको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मीकर्मी, यसको निर्माणपक्ष र वितरकमा छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ । यसैबिच, फिल्ममा समावेश पहिलो गीत ‘मार्सी धान’ आज रिलिज गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।


लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन् । उनले ‘धन्दा’पछि अर्को सामाजिक कथामा फिल्म बनाएका छन् ।
सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया